पुर्वमन्त्री कल्पना पाण्डेले लोसपा छाडिन्

पुर्वमन्त्री कल्पना पाण्डेले लोसपा छाडिन्

बुटवल : लुम्बिनी प्रदेश सरकारका पुर्वमन्त्री कल्पना पाण्डेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेकी छिन्।

लुम्बिनी प्रदेश सरकारमा पूर्व उद्योग, बन तथा वातावरण मन्त्री रहेकी पाण्डेले सोमबार भैरहवामा पत्रकारसँग कुरा गर्दै लोसपा पार्टीमा ब्यक्तिवाद हाबी भएको भन्दै पार्टी परित्याग गरेको बताइन्।

उनले कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही-३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरा, जसपाका नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादव र एमालेका नेता तथा प्रदेश सभा सदस्य ३ (ख) का उम्मेदवार तुलसी चौधरीलाई समर्थन गर्ने समेत बताइन्। 

२०७२ देखि राजपा, जसपा र हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा संलग्न पाण्डे जिबिएस रोगबाट पीडित हुँदा पार्टीले कारबाही गरेको, सांसद पद खारेज भए पनि सर्वोच्च अदालतमा मुद्दा  विचाराधीन भएको बताउँदै ३ दलीय उम्मेदवारलाई जिताउन आफू लाग्ने बताएकी थिइन्।

कात्तिक २१, २०७९ सोमबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।