मेलम्चीको बाढीले बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्रीलाई क्यानडाको अवार्ड

मेलम्चीको बाढीले बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्रीलाई क्यानडाको अवार्ड

काठमाडौँ: मेलम्चीको बाढीले बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्री 'गड्स बफ्यालो'ले क्यानडाको ब्यान्फ माउन्टेन फिल्म फेस्टिभलमा स्पेशल जुरी अवार्ड जित्न सफल भएको छ।

विष्णु कल्पितले खिचेको यस डकुमेन्ट्रीले यसअघि नै 'किम्फ'मा उत्कृष्ट डकुमेन्ट्री र 'उत्कृष्ट ईसीमोड माउन्टेन फिल्म' जितेको थियो।

 

निर्देशक विष्णु कल्पितले मेलम्चीमा रिपोर्टिङमा जाँदा यो डकुमेन्ट्रीलाई खिचेका थिए।

१४ मिनेट लामो यो डकुमेन्ट्री यसअघि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरू 'एनिमल फ्याबुला', 'वनअर्थ अवार्ड', 'कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिभल'मा छनोटमा परेको थियो।

कात्तिक २१, २०७९ सोमबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।