तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु , २६ घाइते

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु , २६ घाइते

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।

४३ जना सवार रहेको विमान दुर्घटनामा घाइते भएका अन्य २६ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । 

दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणका क्रममा खराब मौसमका कारण भिक्टोरिया तालमा खसेको बताइएको छ। 

राष्ट्रपति सामिया सुलुहु हसनले दुर्घटनाप्रति शोक व्यक्त गरेकी छन्।

कात्तिक २१, २०७९ सोमबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।