सगरमाथा क्षेत्रमा हिउँ चितुवा देखियो (चार तस्बिर)
काठमाडौं : सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ।
वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।
५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेबसाइटमा उल्लेख गरेकी छन्।
५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले लेखेकी छन्।
कात्तिक २१, २०७९ सोमबार ११:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।