ल्याण्ड गर्नुअघि भिक्टोरिया तालमा विमान खस्यो, १९ जनाको मृत्यु

ल्याण्ड गर्नुअघि भिक्टोरिया तालमा विमान खस्यो, १९ जनाको मृत्यु

एजेन्सी : तान्जेनियाको एक यात्रुविमान बुकोबामा ल्याण्ड गर्ने समयमा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा १९ जनाको मृत्यु भएको छ।

४३ यात्रु सवार प्रेजिसन एयरको विमानमा दुर्घटनापछि २६ यात्रुलाई अस्पताल पुर्याइएको थियो। दुर्घटनापछि दुई पाइलट जीवित भएको र उनीहरूले ककपिटबाट कुरा गरेको त्यहाँका प्रधानमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

उद्धारकर्मी र स्थानीय माझीले त्यहाँ खसेका मानिसहरूको उद्धार गरेर अस्पताल पठाएका छन्। विमानस्थलमा विमानको पर्खाइमा बसेका अब्दुल नूरीले विमान पानीमा झरेको देखेका थिए। 

उनका अनुसार विमानका कर्मचारीले पछिल्लो द्वार खोलेकाले धेरैलाई उद्धार गर्न सफल भएको बताएका हुन्। खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ।

दुर्घटना बुकोबा विमानस्थलको एकदमै नजिक भएको थियो। यो ताल अफ्रिकाको सबैभन्दा ठूलो ताल हो। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन्। 

कात्तिक २१, २०७९ सोमबार ०७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।