श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

ओखलढुंगा: ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ। 

सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने कल्पना खड्का राईको हत्या गरेको आरोपमा उनका श्रीमान रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। 

मादक पदार्थ सेवन गरी श्रीमतीसँग सामान्य विवाद हुँदा दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा कल्पनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

कात्तिक २०, २०७९ आइतबार २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।