साताको पहिलो दिन बढ्यो नेप्से, ४३.२० अंकको वृद्धि

साताको पहिलो दिन बढ्यो नेप्से,  ४३.२० अंकको वृद्धि

काठमाडौं: साताको पहिलो कारोबारको दिन सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ।

आइतबार बजार परिसूचक नेप्से ४३.२० अंक (२.२५ प्रतिशत) ले वृद्धि भएर १९६५.३६ अंकमा बन्द भएको हो।

 

 

आज नेप्से उकालो लाग्दा कारोबार रकम पनि बढेको छ। आइतबार बजारमा १९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३३ हजारको कारोबार भएको छ।

जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक १० करोड १४ लाख ९७ हजारको कारोबार हुँदा एभरेष्ट बैंकको ७ करोड ९ लाख १ हजार र हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख ४८ हजारको कारोबार भएको छ। आइतबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। 

 

कात्तिक २०, २०७९ आइतबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।