दिल्लीका ८० प्रतिशत परिवारमा वायु प्रदूषणसम्बन्धी राेग

दिल्लीका ८० प्रतिशत परिवारमा वायु प्रदूषणसम्बन्धी राेग

एजेन्सी : भारतको राजधानी नयाँदिल्ली आसपासका क्षेत्रमा बसोबास गर्ने ८० प्रतिशत परिवारमा वायु प्रदुषणसम्बन्धी रोग भएको पाइएको छ।

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले यस्तो देखाएको हो।

वायुको गुणस्तर सूचकाङ्कले गम्भीर तह पार गरेको वर्तमान सन्दर्भमा  सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ।

सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन्।

नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद  नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो।

असी प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन्।

कात्तिक २०, २०७९ आइतबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।