ठूलो बजेटको फिल्मलाई पनि यसकारण ‘नो’ भन्न थालिन् राधिका

ठूलो बजेटको फिल्मलाई पनि यसकारण ‘नो’ भन्न थालिन् राधिका

एजेन्सी : बलिउडदेखि हलिउडसम्म, सोसल ड्रामादेखि क्राइम थ्रिलर, फिल्मदेखि वेबसिरिजसम्म, राधिका आप्टेले आफ्नो कलाकारिता देखाएकी छन्।

लगभग हरेक शैलीको फिल्म गरेकी राधिकाले आफ्नो करिअरमा कयौं ठूला बजेटका फिल्मलाई ‘नो’ भनेकी छन्। बलिउड हंगामासँगको एक अन्तरवार्तामा उनले यसको कारण खुलाएकी छन्।

अन्तरवार्तामा उनले बदलापुर फिल्मपछि आफूलाई धेरै ‘सेक्स कमेडी’ जनराको फिल्मको अफर आएको बताएकी छन्। आफूलाई यस्तो फिल्ममा काम गर्न कुनै समस्या नभए पनि सबै फिल्मको शैली र कथा एउटै भएको उनको गुनासो छ।

‘हामीले पहिला जस्तो सेक्स कमेडी जनराका फिल्म गर्यौं, त्यो एकदम अपमानजनक थियो र महिलालाई हेपिएको थियो,’ उनले भनिन्, ‘मलाई यस्ता सेक्स कमेडी फिल्म मन पर्दैन।’

यसको अलावा उनले ठूलो बजेटको फिल्म नखेल्नुको अर्को कारण पनि बताएकी छन्। यस्ता फिल्ममा एक कट्टरवादी पुरुषले महिलाको बारेमा भयानक मजाक गरे पनि आफूलाई केही फरक नपर्ने बताउँदै उनले त्यसको पछाडि मजबुत कहानी भने हुनुपर्ने स्पष्ट पारिन्।

उनले थपिन्, ‘एक फिल्मको रूपमा यदि तपाईं ती जोकहरू नै मुख्य विषय बनाउनुहुन्छ भने म त्यसको हिस्सा बन्न सक्दिन।’

मोनिका पछिल्लो समय नेटफ्लिक्समा रिलिज हुने सस्पेन्स थ्रिलर फिल्म ‘मोनिका ओ माइ डार्लिङ्ग’मा राजकुमार राव र हुमा कुरैशीको साथमा देखिँदैछिन्। यो फिल्म ११ नोभेम्बरमा रिलिज हुनेछ।

कात्तिक २०, २०७९ आइतबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।