सोलुखुम्बु र मुस्ताङमा छायांंकन भएको बलिउड फिल्मको गीत सार्वजनिक (भिडियो)

सोलुखुम्बु र मुस्ताङमा छायांंकन भएको बलिउड फिल्मको गीत सार्वजनिक (भिडियो)

काठमाडौं : नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को तेस्रो गीत सार्वजनिक भएको छ।

अमित त्रिवेदीको स्वर तथा संगीत रहेको ‘हाँ कर दे’ बोलको गीतको शब्दरचना इर्शाद कमीलले गरेका हुन्।

भिडियोमा साथीहरूबीचको मित्रताको कथा देखाइएको छ। फिल्म आफैँमा मित्रताको कथामा बनेको हो।

फिल्ममा बाल्यकालका चार साथीहरू सगरमाथा घुम्न आउँदाको कथा देखाइएको छ। फिल्ममा अमिताभ बच्चन, बमन इरानी, अनुपम खेर, परिनीति चोपडा लगायतका कलाकारको मुख्य भूमिका छ।

यो फिल्मको सुटिङ सोलुखुम्बुका साथै मुस्ताङमा समेत गरिएको थियो।

यसअघि फिल्मको ‘केटीको’ र ‘अरे ओ अंकल’को भिडियो सार्वजनिक भइसकेको छ। 

कात्तिक १९, २०७९ शनिबार २२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।