श्रीलंकामा पर्यटनबाट १० महिनामा एक अर्ब डलर आम्दानी

श्रीलंकामा पर्यटनबाट १० महिनामा एक अर्ब डलर आम्दानी

एजेन्सी : श्रीलंकाले पछिल्लो १० महिनामा पर्यटनबाट एक अर्ब अमेरिकी डलर कमाएको छ।

तथ्यांकअनुसार अक्टोबरमा श्रीलंकाको पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ।

केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलंकाको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ। यो सेप्टेम्बरको तुलनामा केही कम हो।

गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका भित्रिएको पर्यटन प्राधिकरणको तथ्यांकले देखाएको छ।

कोभिड–१९ को महामारी र राजनीतिक संकटसँगै श्रीलंकामा आएको आर्थिक संकटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्नलगायतका सेवा प्रभावित हुँदा गत वर्ष भएको जनआन्दोलनको कारण तत्कालिन राष्ट्रपति गोताबाय राजापाक्षले पदबाट राजीनामा दिनुपरेको थियो।

कात्तिक १९, २०७९ शनिबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।