रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

एजेन्सी: रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो दुर्घटनमा अन्य चार जना घाइते भएको क्षेत्रीय आपत्कालीन सेवाका प्रवक्ताले बताएको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।

उक्त क्लबमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ। उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो।

आगो ३,५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। घटनाबारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउन बाँकी छ।

कात्तिक १९, २०७९ शनिबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।