अचम्मको वनस्पति 'सुसाइड प्लान्ट'

अचम्मको वनस्पति 'सुसाइड प्लान्ट'

एजेन्सी : जिम्पाई-जिम्पाई नाम गरेको एउटा प्लान्ट 'सुसाइड प्लान्ट' का नामले प्रसिद्ध छ। हालसम्म नेपालमा भने यो वनस्पति फेला परेको छैन।

हेर्दा सामान्य लाग्ने यस वनस्पतिलाई छुँदा यो शरीरमा टाँसिन्छ र निकाल्न नजानेको खण्डमा वर्षदिन सम्म नै यो शरीरमा टाँसिई नै रहन्छ। यसलाई छुँदा तेजाब अथवा बिजुलीको झट्कालाई छोएजस्तै हुन्छ। 

यो बिरुवाले यातना दिएर आत्महत्या गराउँछ भन्ने गरिन्छ। त्यसैले, यसलाई ‘सुसाइड प्लान्ट’ पनि भनिन्छ। 

यति खतराका बाबजुद पनि बेलायतका एक व्यक्तिले आफ्नो पुरानो बिरुवाबाट ‘बोर’ भएकाले आफ्नो घरमा यो बिरुवा ल्याएका छन्। उनले यो बिरुवालाई ‘खतरनाक’ चिन्ह रहेको खोरमा थुनेर राखेका छन्।

डेलीमेल समाचारका अनुसार, डेनियल एमलिन-जोन्सले भनेका छन् कि उनले जिम्पाई-जिम्पाईलाई 'धेरै सावधानीपूर्वक' बढाई रहेका छन्। उनी थप भन्छन्, 'म मूर्ख जस्तो देखिन चाहन्नँ। त्यसैले म यसलाई धेरै सुरक्षित रूपमा बढाउँदैछु। यी बिरुवाहरू केही वनस्पति उद्यानहरुमा रोचक नमूनाहरूको रूपमा उपस्थित छन्।

यो बाहेक यस वनस्पतिलाई लिएर पीडाले पागल भएर एक व्यक्तिले आफैंलाई गोली समेत हानेका छन्। यस वनस्पतिलाई ट्वाइलेट पेपरको रूपमा प्रयोग गर्दा एक व्यक्तिले पीडाले पागल भएर आफूलाई गोली हानेको घटना समेत थाहा पाएका अक्सफोर्डका शिक्षक डेनियलले पनि यसको खतराको सामना गर्नु परेको बताउँछन्। 

कात्तिक १९, २०७९ शनिबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।