भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध फिल्म 'केजीएफ'को युनिटले गर्‍यो एफआईआर दर्ता

भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध फिल्म 'केजीएफ'को युनिटले गर्‍यो एफआईआर दर्ता

एजेन्सी: शुक्रबार भारतको बेंग्लोर प्रहरीमा एउटा एफआईआर दर्ता भयो। एफआईआर भारतीय कांग्रेसका महासचिव जयराम रमेश, कांग्रेस सामाजिक सञ्जाल प्रमुख सुप्रिया श्रीनाते र सो पार्टीका प्रमुख नेता राहुल गान्धीविरुद्ध थियो। 

उनीहरूमाथि 'भारत जोडो यात्रा'मा केजीएफ २ को गीतको कपिराइट उल्लङ्घन गरेको र अनुमति नलिइकनै प्रयोग गरेको आरोप छ।

केजीएफ २ को गीतको सर्वाधिकार एमआरटी म्युजिकसँग छ। एफआईआरमा एमआरटीले आफूहरूले ठूलो रकम लगानी गरेर यस फिल्मको हिन्दी भर्सनका लागि यो गीतको कपिराइट किनेको र कांग्रेसले त्यसको उल्लङ्घन गरेको उल्लेख छ।

कांग्रेसले केजीएफ २ को गीतको अनुमति नलिई राहुल गान्धीलाई 'हिरो' बनाएर आफ्नो भारत जोडो यात्राको मार्केटिङ भिडियो बनाएको छ।

कात्तिक १९, २०७९ शनिबार ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।