भारतलाई ओलीको प्रश्न : नदी वर सर्दैमा सीमा नि सर्छ ?
बैतडी : एमाले अध्यक्ष केपी शर्मा ओलीले नदी सर्दैमा सीमा सारेर ठुलो भारतले सानो चित्त गर्न नहुने बताएका छन्। बैतडीमा चुनावी सभामा सम्बोधन गर्दै उनले भने' खोलो सरेपिच्छे सीमा सार्न सुहाउँदैन। यसलाई नेपाली जनताले थिचोमिचोको रूपमा बुझ्छन्।'
उनले सभामा गठबन्धन सरकार कठपुतली मात्रै भएको टिप्पणी गर्दै मङ्सिर ४ पछि एमालेको सरकार बन्ने दाबी समेत गरेका थिए।
उनले लोभी पापीहरूले मुद्दा हालेर परमादेशमार्फत जनप्रेमी र विकास प्रेमी सरकार हटाएको दाबी गर्दै मङ्सिर ४ मा मतदाताले गठबन्धनलाई बाइबाई गरेर एमाले हाइहाइ भन्ने दाबी गरे।
उनले आफू मेची किनारको मान्छे भए पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको तर शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदा पनि नदेखेको भन्दै आलोचना गरे।
आफू प्रधानमन्त्रीहुँदा महाकाली कोरिडोर सुरु गरेको तर गठबन्धन सरकार बनेपछि नाम नै नलिएको बताए। उनले पुष्पकमल दाहाल र माधव नेपाललाई मधु कैटव भन्दै भने' मधुकैटवहरु कति उफ्रिएका थिए। अब ती मधुकैटव शेरबहादुर देउवाको पछि लागेका छन्।'
कात्तिक १८, २०७९ शुक्रबार १९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।