को हुन् इमरान खानलाई गोली प्रहार गर्ने नवीद अहमद?

को हुन् इमरान खानलाई गोली प्रहार गर्ने नवीद अहमद?

काठमाडौं : पाकिस्तानको लाहोरस्थिर सुहादरामा मुस्लिमाबाद गल्लीमा एक सानो घर छ। जसमा अहिलेसम्म भित्र र बाहिर प्लास्टर गरिएको छैन। यो घर अझै निर्माणाधीन छ। घरमा नवीद अहमद आफ्ना दुई छोरा, आमा र श्रीमतीसहित बस्ने गर्छन्।

पाकिस्तानको पञ्जाबको बजीरावादको यो क्षेत्र इमरान खानमाथि लङ्ग मार्चमा गोली प्रहार भएपछि चर्चामा छ। किनकी प्रहरी हिरासतमा रहेका आरोपी भनिएका नवीन अहमदलाई यसै क्षेत्रको भनिएको छ।

तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)को लङ्ग मार्चको कन्टेनर जब वजीरावादको अल्लाहवाला चोकमा पुग्यो तब अचानक गोली चल्यो। जसमा पूर्वप्रधानमन्त्री इमरान खानसहित केही व्यक्ति घाइते भए।

गोली चल्नेबित्तिकै पीटीआईका कार्यकर्ताले आक्रमणकारी भनिएका नवीद अहमदलाई पछ्याए। केही कार्यकर्ताले उनलाई गोली चलाइरहेको देखेका थिए भने कतिले गोली चलाउने प्रयास गर्दा उनलाई रोक्ने कोसिस गरेका थिए।

नवीदलाई केही समयभित्रै स्थानीय प्रहरीले पक्राउ गरेर लग्यो। यो घटनामा अहिलेसम्म कुनै पनि मुद्दा दर्ता भएको छैन भने औपचारिक भनाइसमेत सार्वजनिक भएको छैन।

तर, गुजरातको कुन्जा प्रहरी चौकीभित्रबाट नवीद अहमदको कयौं भिडियो सार्वजनिक भएका छन्, जसमा उनले इमरान खानमाथि आक्रमण गर्ने कुरा बताएका थिए।

नवीदको परिवार
सुहादरा चिनाब नदीको तटमा अवस्थित छ। यो घना आवादी भएको शहर हो। यहाँको हरेक घरबाट एक जना विदेशमा काम गर्न गएको भन्ने गरिन्छ।

नवीदको पहिलो छोरा डेढ वर्षको भयो भने कान्छो छोरा जन्मेको १० दिन मात्र भयो। उनी अहिले बसिरहेको घर पनि पैतृक सम्पत्तिमा प्राप्त भएको हो। स्थानीय पत्रकार अकील अहमदका अुनसार आरोपीले आफ्ना दाजुभाइलाई भाग लगाएर बाँकी आफूले राखेका थिए।

कबाडको काम गर्ने उनका पिता मोहम्मद बशीरको १५ वर्षअघि निधन भइसकेको छ। चार वर्षसम्म साउदी अरबमा काम गरेका उनी केही महिनाअघि मात्र स्वेदश फर्किएका थिए।

स्वदेश फर्किएपछि उनले खासै काम गरिरहेका थिएनन्। आफ्नो दाइले गरिरहेको बोरिङको काममा सहयोग गरिरहेका थिए। यसको अलावा कबाडीको काम पनि उनले गरिरहेका थिए।

बीबीसीबाट

कात्तिक १८, २०७९ शुक्रबार १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।