सन्दीप लामिछानेलाई पुर्पक्षका लागि सुन्धारा स्थित कारागारमा राखिने

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि सुन्धारा  स्थित कारागारमा राखिने

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा पुर्पक्षका लागि सुन्धारा (जगन्नाथ देवल) स्थित केन्द्रीय कारागारमा राखिने भएको छ।  

 

न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

गत भदौ २१ गते सन्दीपविरुद्ध एक नाबालिगले सिनामंगलस्थित एक होटलमा जबरजस्ती करणी गरेको भन्दै किटानी जाहरी दिएकी थिइन्। 

 

कात्तिक १८, २०७९ शुक्रबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।