आक्रमणपछि इमरान खानको तर्फबाट आयो प्रतिक्रिया, तीनजना संलग्न भएको आरोप

आक्रमणपछि इमरान खानको तर्फबाट आयो प्रतिक्रिया, तीनजना संलग्न भएको आरोप

एजेन्सी : पाकिस्तान नहरीक–ए–इन्साफ पार्टीले पूर्वप्रधानमन्त्री एवं  पार्टीका अध्यक्ष इमरान खानमाथि आक्रमणमा तीन जनालाई जिम्मेवार भएको आरोप लगाएको छ।

पार्टीका नेता असद अमरले बिहीबार खानमाथि प्रहार भएको गोली प्रहारको जिम्मेवार प्रधानमन्त्री शहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र मेजर जनरल फैसल भएको बताएका हुन्।

बिहीबार बेलुकी एक भिडियो बयान जारी गर्दै उनले इमरानले खानले आफूलाई र पञ्जाबका मुख्यमन्त्रीको आन्तरिक मामिला सल्लाहकार असलम इकबाललाई फोन गरेको बताए। फोनमा खानले उनको तर्फबाट विज्ञप्ति जारी गर्न भनेको हो।

इमरान खानलाई उद्धृत गर्दै असद उमरले भने, ‘यो आक्रमणको पछाडि तीन जना मानिसको हात भएको मेरो विश्वास छ। यसमा शहबाजा शरीफ, राणा सनाउल्लाह र मेजर जनरल फैसल सहभागी छन्।’

खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन्। उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ।

घटनाको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले निन्दा गरेका छन्। साथै उनले गृहमन्त्री र आईजीसँग घटनाको तत्काल रिपोर्ट गर्न निर्देशन दिएका छन्।

कात्तिक १७, २०७९ बिहीबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।