पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानमाथि गाेली प्रहार भएकाे छ।

उनीको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ। उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पीटीआई का नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेको छ।

खान केही सहायता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन्। उनीसँगै र्यालीमा सहभागी केही घाइते भएका छन्। गोली लागि घाइते भएका खानलाई उपचारका लागि अस्पताल पुर्याइएको छ।

खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन्। उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ।

घटनाको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले निन्दा गरेका छन्। साथै उनले गृहमन्त्री र आईजीसँग घटनाको तत्काल रिपोर्ट गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री सरिफले चीनबाट फर्किएपछि प्रधानमन्त्रीले गर्न लागेको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ।

कात्तिक १७, २०७९ बिहीबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।