महाराष्ट्र सरकारले बढायो सलमान, अक्षय र अमिताभको सुरक्षा

महाराष्ट्र सरकारले बढायो सलमान, अक्षय र अमिताभको सुरक्षा

बलिउड : बलिउड अभिनेता सलमान खानलाई केही महिना अगाडि ज्यान मार्ने धम्की आएसँगै त्यसलाई मध्यनजर गर्दै महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको छ। 

भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार सलमानसँगै अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरको पनि सुरक्षा बढाइएको हो। यस्तो सुरक्षा कलाकारहरूको खतराको मापनको आधारमा दिइन्छ।

 

सलमान खान
महाराष्ट्र सरकारले सलमान खानको सुरक्षा बढाउँदै 'वाई प्लस' क्याटागोरी सुरक्षा दिएइको छ। अब उनीसँग हातहतियारसहित ४ जना सुरक्षा गार्ड रहनेछन्। 

अक्षय कुमार 
अक्षय कुमारलाई महाराष्ट्र सरकारले 'एक्स' क्याटागोरीको सुरक्षा दिएको छ। उनीसँग ३ सुरक्षा गार्ड साथ रहनेछन्।

अभिताभ बच्चन
बलिउड अभिनेता अमिताभ बच्चनलाई 'एक्स' क्याटागोरीको सुरक्षा दिइएको छ। यो सुरक्षा पाएसँगै अमिताभसँग २४ घण्टा २ सुरक्षा गार्ड रहनेछन्। दुई पुलिसले अलग-अलग तालिकामा उनको सुरक्षा गर्नेछन्।

कंगना रनावत
केन्द्र सरकारले कंगना रनावतलाई 'वाई प्लस' सुरक्षा दिइएको छ। कंगना पहिलो अभिनेत्री हुन् जसले सरकारको तर्फबाट सुरक्षा पाएकी छन्। उनलाई सिआरपिएफको जवानले सुरक्षा दिइरहेका छन्।

अनुपम खेर
अनुपम खेरलाई 'एक्स' क्याटागोरीको सुरक्षा दिइएको छ। उनको सुरक्षाको लागि ३ जना सुरक्षा गार्ड साथ रहनेछन्।

कात्तिक १७, २०७९ बिहीबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।