नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा घट्यो कारोबार रकम

नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा घट्यो कारोबार रकम

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट भएको छ। लगातार तीन दिन कारोबार वृद्धि हुँदा करिब ८० अंकले बढेको नेप्से आज घटेर बन्द भएको हो।

बिहीबार बजार परिसूचक नेप्से १६.१४ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर १९२२.१६ अंकमा बन्द भएको छ। 

मंगलबार १ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार करिब डेढ अर्ब पुगेको थियो। तर, बिहीबार भने कारोबार रकम घटेर पुनः अर्बबाट तल झरेको छ।

आज नेप्सेमा २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ८९ कारोड ८९ लाख ८ हजारको कारोबार भएको छ। जसमध्ये एभरेष्ट बैंकको ४ करोड ३ लाख ५१ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको संस्थापक सेयर ३ करोड ६० लाख १८ हजार र अरुण कावेली पावर कम्पनीको ३ करोड ४५ लाख ४० हजारको कारोबार भएको छ।

बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १५३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ।

कात्तिक १७, २०७९ बिहीबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।