गायन रियालिटी शो द भ्वाइसको पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुति
काठमाडौं : झापाका विवश उप्रेतीले गायन रियालिटी शो द भ्वाइसको पोर्चुगिज संस्करण अन्तर्गत यसै साता भएको ब्लाइण्ड अडिसनमा उत्कृष्ट प्रस्तुति दिएका छन्।
‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर जजलाई मन्त्रमुग्ध बनाएका उनले प्रस्तुतिमा चारैजना कोचको कुर्सी घुमाएका छन्।
केही वर्षदेखि पोर्चुगलमा बस्दै आएका विवश त्यहाँस्थित नेपाली समुदायमा पनि चर्चित छन्। विवश द भ्वाइसमा छानिएपछि पोर्चुगलस्थित नेपाली समुदायले उनलाई जिताउन क्याम्पेन पनि चलाई रहेका छन्।
नेपालमा द भ्वाइसमा अहिले ब्याटल राउण्ड चलिरहेको छ। यतिबेला द भ्वाइसको अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले पनि चर्चा बटुली रहेकी छिन्।
कात्तिक १७, २०७९ बिहीबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।