सन्दीपलाई आरोप लगाउने किशोरी बालिग नै हुन् त ?

सन्दीपलाई आरोप लगाउने किशोरी बालिग नै हुन् त ?

काठमाडौं : सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग भएको दाबी उनको पक्षबाट बहस गर्ने कानून व्यवसायी मुरारी सापकोटा बताउँछन् ।

उनका अनुसार आरोप लगाउने किशोरी २०६१ साल असार १८ गते जन्मिएको भनी दर्ता भएको जन्मदर्ता फेला परेको छ ।

किशोरीले प्रहरी र अदालतमा पेश गरेको जन्मदर्ता  नागरिकतामा उनको जन्ममिति २०६२ जेठ १८ उल्लेख छ । स्थानीय निकायमा गरिएको उक्त जन्मदर्ता २०६१ असोज १८ गते जारी भएको सापकोटा बताउँछन् । तर, किशोरीको उक्त जन्ममिति २०७९ साल असार १४ गते सच्याएर त्यसको भोलिपल्ट नागरिकता बनाएको भेटिएको पनि उनको भनाइ छ ।

नेपालमा १८ वर्षसम्मको किशोरीसँग सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार मानिने कानूनी व्यवस्था छ । सन्दीप र किशोरीबीच आपसी सहमतिमै सम्बन्ध भएको हो र यदि किशोरी नाबालिग हुन् भने सन्दीपलाई सजायबाट उन्मुक्ति मिल्न सक्छ । तर, सन्दीपले आफूहरूबीच यौनसम्बन्ध नभएको बताएका छन् ।

 

कात्तिक १६, २०७९ बुधबार २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।