आमा बनिन् अभिनेत्री श्वेता, ग्रान्डीमा अप्रेशन गरेर जन्माइन् छोरी

आमा बनिन् अभिनेत्री श्वेता, ग्रान्डीमा अप्रेशन गरेर जन्माइन् छोरी

काठमाडौं : नायिका श्वेता खड्का आमा बनेकी छिन्। उनले मङ्गलवार अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा श्वेताले छोरीलाई जन्म दिएकी हुन्।

श्वेताले अप्रेसनको माध्यमबाट छोरीलाई जन्म दिएको बताइएको छ। श्वेताले गतबर्ष प्रेमी विजेन्द्र सिंह राठौतसँग बिहे गरेकी थिइन्। श्वेताले आमा बन्न लागेको खबर केही महिना गोप्य राखेर पछि सार्वजनिक गरेकी थिइन्।

उनले गर्भोत्सव मनाउँदै गर्भवती अवस्थाको फोटो सेसन समेत गराएकी थिइन्। उनको यो दोस्रो विवाह हो। उनले पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेको केही समयमै उनको निधन भएको थियो।

पछिल्लो समय उनी फिल्म निर्माण र अभिनयमा भन्दा व्यवसायमा बढी केन्द्रित छिन्।

श्वेता र विजेन्द्रलाई उकेरा परिवारको शुभकामना।

कात्तिक १५, २०७९ मंगलबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।