घुटिरो हानेर धान बत्ताउँदै सुर्खेतका किसान (तस्बिरहरू)
सुर्खेत : जिल्लाका किसानलाई अहिले धान भित्र्याउने चटारो छ।
जेठको अन्त्य र असार पहिलो साता रोपिएका धान भित्र्याउन किसानले चटारो गर्दा साउन पहिलो सातासम्म रोपेका धान भने काट्ने बेला हुन लागे।
तराई र फाँटमा थ्रेसर मेसिनका माध्यमबाट धान भित्र्याउन थालिए पनि पहाडी क्षेत्रमा भने अझै पनि मानिस नै जम्मा भएर अर्मपर्म गरेर बाली भित्र्याउँछन्।
उनीहरू खेतबाट काटेर ल्याएको धानलाई दाइँ हालेर कपडाको सहायताले घुटिरो हानेर धान बत्ताउने गर्छन्।
कर्णाली र सुदुरपश्चिममा यसरी धान बताउने प्रक्रियालाई घुटिरो भन्ने गरिन्छ।
कात्तिक १५, २०७९ मंगलबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।