सन्दीपको बैङ्क ब्यालेन्स जम्मा ६५ हजार २ सय ९८ !
काठमाडौं : बलात्कार पीडित किशोरीलाई क्षतिपूर्ति भराउन जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले सन्दीप लामिछानेको बैङ्क खाता र उनको नाममा रहेको सम्पत्ति रोक्का राख्न अदालतमा सिफारिस गरेको छ।
सोमबार १२ वर्ष कैद माग गर्दै काठमाडौँ जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उनको एनआइसी एसिया बैङ्कमा रहेको खाता रोक्का राख्न सिफारिस गरिएको छ जसमा केवल ६५ हजार २ सय ९८ रुपैयाँ मात्र छ।
सन्दीप नेपालका क्रिकेटरहरूमध्ये सबैभन्दा धेरै निजी र महँगो अन्तर्राष्ट्रिय म्याचहरू खेल्ने खेलाडी हुन्। उनले आइपिएल लगायतका प्रतियोगिता खेलेका छन्। तर उनको बैङ्क खातामा रहेको मौज्दात भने अपत्यारिलो देखियो।
अभियोग पत्रमा लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नम्बर ६९२८ को १८४.१७ बर्गमिटर जग्गा र कल्याणपुर ७ कै ११७०.३५ बर्गमिटर क्षेत्रफल रहेको कित्ता नम्बर ६९३० को जग्गा समेत रोक्का राख्न माग गरिएको छ।
अभियोग पत्रमा प्राप्त प्रमाण र बयानका आधारमा सन्दीपले नाबालिगको बलात्कार गरेको देखिएको भन्दै कैद र पीडितलाई क्षतिपूर्तिको माग समेत गरिएको छ। फैसलामा क्षतिपूर्ति भराउने आदेश आए सोही प्रयोजनका लागि उनको नाममा देखिएको रकम र जग्गा रोक्का राख्न माग गरिएको हो।
सम्बन्धित समाचार
कात्तिक १४, २०७९ सोमबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।