सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा एक सयको मृत्यु, शिक्षामन्त्री थिए 'टार्गेट'

सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा एक सयको मृत्यु, शिक्षामन्त्री थिए 'टार्गेट'

एजेन्सी: सोमालियाको राजधानी मोगादिसुमा कार बम विस्फोट हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। राष्ट्रपति हसन शेख मोहमुखका अनुसार मृतकमा महिला र बालबालिकाहरू समेत रहेका छन्।

राष्ट्रपति हसन शेखले करिब ३०० घाइतेका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य सहायताका लागि अपिल समेत गरेका छन्। यस्तै घटनामा अल-शबाब नामको सैन्य समूह दोषि रहेको पनि राष्ट्रपतिले आरोप लगाएका छन्। अल-कायदासँगको सम्बन्धनमा अल-शबाब केन्द्रीय सोमाली सरकारविरुद्ध लामो समयदेखि द्वन्द्वरत छ।

गत अगस्टमा २१ जनाको मृत्यु हुनेगरी सो समूहले हमला गरेपछि राष्ट्रपतिले पूर्ण युद्धको घोषणा गरेका थिए।

यता जिहादी वेभसाइट सोमाली मेमोले घटनाको जिम्मेवारी लिएको छ।

सो हमला त्यहाँका शिक्षामन्त्रीलाई लक्षित गरी गरिएको थियो। शनिबार भएको उक्त हमलामा ट्वीन बम ब्लास्ट अर्थात् दुई वटा बम विस्फोट गराइएको थियो। केही मिनेटको अन्तरमा भएको विस्फोटमा परी थुप्रै भवन र सवारी साधनमा समेत क्षति पुगेको थियो।

कात्तिक १४, २०७९ सोमबार ११:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।