फिल्म 'महापुरुष'को कथा मलायालम र हिन्दी फिल्मबाट चोरेको आरोप

फिल्म 'महापुरुष'को कथा मलायालम र हिन्दी  फिल्मबाट चोरेको आरोप

काठमाडौँ : दर्शक र समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म' महापुरुष' मलायालम फिल्म 'इष्टम'बाट चोरिएको आरोप लागेको छ। एकल पुरुषको कथामा सो फिल्म सन् २००१ मा बनेको थियो।

सोही फिल्मको कथामा सन् २००८ मा भारतीय निर्देशक प्रियदर्शनले मेरे बाप पहले आप नामक फिल्म बनाएका थिए।

यो फिल्म कमेडी-ड्रामा जनरामा बनेको थियो। अक्षय खन्ना, जेनेलिया डिसुजा, परेश रावल, ओम पुरी, मनोज जोशी, अर्चना पूरन सिंह, शोबना र राजपाल यादवको अभिनय रहेको फिल्मको कथा र महापुरुषको कथा एकै भएकै भन्दै सामाजिक सञ्जालमा फिल्म निर्माण टिमको आलोचना भइरहेको छ।

महापुरुष : हलमै दर्शकलाई घुँक्क घुँक्क त रुवाउँछ तर कमजोर सम्पादनले किरकिर पनि बनाउँछ

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय रहेको र प्रदीप भट्टराई निर्देशित फिल्म महापुरुषको सम्पादन र क्लाइमेक्सको आलोचना भए पनि हरिवंश आचार्यको अभिनय र संवादको भने प्रशंसा भइरहेको छ। फिल्म शुक्रवार रिलिज भएको हो।

कात्तिक १३, २०७९ आइतबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।