भारतमा झोलुङ्गे पुल चुँडियो, १ सय जना नदीमा खसे

भारतमा झोलुङ्गे पुल चुँडियो, १ सय जना नदीमा खसे

एजेन्सी : भारतको गुजरातमा झोलुङ्गे पुल चुँडिदा १ सय जनाभन्दा बढी नदीमा खसेका छन्।

मोरबी क्षेत्रको माच्छु नदीमा आइतबार साँझ पुल चुँडिदा घटना भएको एनडिटिभीले जनाएको छ। पुल चुँडिएको समयमा पुलमा पाँच सयभन्दा धेरै मानिस भएको समाचारमा उल्लेख छ।

अहिले उनीहरूको उद्धार कार्य जारी राखिएको छ भने अझै पनि एक सयभन्दा धेरै मानिस पानीमा भएको आशंका गरिएको छ। सात महिना बन्द रहेको मर्मतपछि चार दिनअघि मात्र खोलिएको थियो।

पुल पुरानो भएको र त्यसले भार थाम्न नसकेर लठ्ठा चुँडिएको समाचारमा उल्लेख गरिएको छ। नदी त्यति गहिरो नभए पनि प्रदूषित भने रहेको छ।

कात्तिक १३, २०७९ आइतबार २०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।