जब फुड डेलिभरी ब्वाइले भन्यो– ‘खाना मीठो थियो, मैले खाइदिएँ, कम्प्लेन गर्दिनु’

जब फुड डेलिभरी ब्वाइले भन्यो– ‘खाना मीठो थियो, मैले खाइदिएँ, कम्प्लेन गर्दिनु’

एजेन्सी : बेलायतको एक अनलाइट फुड डेलिभरी कम्पनीमा रमाइलो घटना भएको छ।

‘डेलिभरो’ नामक कम्पनीमा काम गर्ने डेलिभरी म्यानले ग्राहकले अर्डर गरेको खानेकुरा बीचबाटोमै खाइदिएका छन्। उनले खाएनन् मात्र ग्राहकसँग माफी पनि मागे।

लियाम ब्यागलन नामक एक व्यक्तिले भोक लागेपछि डेलिभरो कम्पनीबाट खाना अर्डर गर्छन्। डेलिभरी ल्याउने युवकले उक्त खाना बीच बाटोमौ खाएर ग्राहलाई म्यासेज गर्छ, ‘सरी’।

ग्राहकले सोध्छन्– ‘के भयो?’ त्यसको जवाफमा उताबाट उत्तर आउँछ, ‘खाना मीठो थियो, मैले खाएँ, कम्पनीमा यसबारे उजुरी गर्छ सक्नुहुन्छ।’

जवाफमा खाना कुरेर बसेका ग्राहकले लेख्छन्, ‘तिमी एकदम खराम मान्छे रहेछौ।’ यति लेखेपछि डेलिभरी म्यानले भन्छ, ‘मलाई केही पनि मतलब छैन।’

ब्यागनालले उसँग भएको कुराकानीको स्क्रिनसट ट्वीटरमा राखेका छन्। उनको यो ट्वीटलाई अहिलेसम्म लाख ९० हजारले लाइक गरिसकेका छन्।

ट्वीटरमा यो कुराले हंगामा मच्चाएपछि कम्पनीले ग्राहकसँग माफी माग्दै डेलिभरी म्यानको विषयमा राइडर अपरेशन टीममा जानकारी गराइसकेको उल्लेख गरेको छ।

कात्तिक १३, २०७९ आइतबार १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।