दक्षिण कोरियामा भागदौडमा मृत्यु हुनेमध्ये ५० जनालाई हृदयघात भएको आशङ्का

दक्षिण कोरियामा भागदौडमा मृत्यु हुनेमध्ये ५० जनालाई हृदयघात भएको आशङ्का

एजेन्सी: दक्षिण कोरियाको राजधानी सियोलमा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनालाई हृदयघात भएको आशङ्का गरिएको छ। स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालिन पर्यटकीय गन्तव्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो सङ्ख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो।

योनहाप समाचार संस्थाका अनुसार स्थानीय समयअनुसार राति ११ः३० बजे हेलोवीन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो।

श्वास प्रश्वासमा समस्या भएका ८१ जनालाई उद्धार गरिएको अग्निनियन्त्रक अधिकारीले सरकारलाई दिएको एक रिपोर्टमा उल्लेख गरिएको छ।

उद्धारकर्मीलाई ‘कार्डियोपल्मोनरी’ उपचारका लागि तत्काल घटनास्थलमा पठाइएको सञ्चारमाध्यमहरूले बताएका छन्।

कात्तिक १३, २०७९ आइतबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।