बिहारको एक आवासीय भवनमा आगलागी, ३० जना घाइते
एजेन्सी : भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन्।
बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगञ्ज इलाकामा आगलागी भएको हो।
अधिकारीहरूका अनुसार विद्युत चुहावट भई सुरू भएको आगालागीपछि त्यहाँ रहेको ग्यास सिलिण्डर विस्फोट भएको थियो।
'स्थानीय समयअनुसार बिहान २ः३० बजे छठ पूजाका लागि मेरी श्रीमतीले खाना पकाउँदै थिइन्' उनले भने, 'एक्कासी भवनमा आगो लाग्यो र सबैतिर फैलियो त्यसपछि हामी भाग्न थाल्यौं तर दोडिरहेका हामीहरू सुरक्षित स्थानमा पुग्नु पहिले नै खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भयो यसै कारण धेरै मानिस घाइते भए।'
परिवारका लगभग २० जना सदस्य घाइते बनेका स्थानीय व्यापारी अनिल गोस्वामीले सञ्चारमाध्यमलाई बताए।
आगलागी पछि प्रहरी र दमकल विभागका अधिकारीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए।
आगो निभाउने क्रममा सात जना प्रहरी र केही स्थानीयवासीसमेत आगोले पोलेर घाइते भएका समाचारमा जनाइएको छ।
कात्तिक १२, २०७९ शनिबार २२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।