कमलपोखरीको बिचैमा छठी माई कस्तो सुहाएको

कमलपोखरीको बिचैमा छठी माई कस्तो सुहाएको

काठमाडौँ : यस पटक रानीपोखरी छठ पर्वको पूजा र आराधनाका लागि नखुलेपछि धेरैको आकर्षणको केन्द्र बनेको छ कमलपोखरी। परम्परागत झल्को दिने गरी पुनर्निर्माण भएको कमलपोखरीको पोखरीमा कमल त गायब छ अहिले। छठकै लागि भए पनि पोखरीको बिचमा छठी माईको मूर्ति राख्दा बढो सुन्दर देखिएको छ।

ब्रतालुका लागि बस्न पोखरीको छेउमा पाल टाँगिएको छ। पुनर्निर्माणकोक्रममा बनेको फाल्चाले पनि ब्रतालुलाई सहज बनाएको छ। 

मुख्यतः मधेसमा भव्य मनाउने यो धार्मिक पर्व मधेसवासीको बसाई फैलिएसंगै अहिले काठमाडौं उपत्यकामा पनि भव्य रूपमा मनाइन्छ। कमलपोखरी मात्रै हैन काठमाडौँका नदीको किनारामा छठकै लागि पन्डालहरु बनाइएको छ। छठ काठमाडौंको रैनाथे पर्व समान बनिसक्यो।

ब्रतालुहरूलाई बस्न र सूर्यको दर्शन गर्न सहज होस् भनेर नदी किनारामा त्रिपालहरू राखिएको छ। बत्ती राखेर झिलिमिली पारिएको छ।

कात्तिक १२, २०७९ शनिबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।