'केजीएफ १' लाई पछि पार्‍यो 'कान्तारा'ले, सर्वाधिक कमाउने कन्नड फिल्ममा दोस्रो

'केजीएफ १' लाई पछि पार्‍यो 'कान्तारा'ले, सर्वाधिक कमाउने कन्नड फिल्ममा दोस्रो

एजेन्सी: प्रदर्शनको तेस्रो सातामा चलिरहेको फिल्म हो- कान्तारा। सुरुमा खासै नचले पनि 'वर्ड अफ माउथ'ले फिल्ममा ह्वात्तै दर्शक ओइरिए।

अहिले कान्ताराले कीर्तिमानमाथि कीर्तिमान बनाइरहेको छ। हालैमा कान्तारा कमाइको मामिलामा चर्चित फिल्म 'केजीएफ १' भन्दा पनि अगाडि आएको छ। करिब ८० करोड भारुमा बनेको केजीएफ १ ले २५० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो।

यता कान्ताराले २५० करोडको आँकडा पार गरिसकेको छ। फिल्ममा अझै दर्शक ओइरिरहेका छन्।

र कान्ताराको यो कमाइ कन्नड फिल्म उद्योगकै सर्वाधिक दोस्रो धेरै कमाइ हो। हुन त कन्नड उद्योगमा २५० करोड भारु नाघ्ने केवल तीन फिल्म मात्र बने। केजीएफ १, केजीएफ २ र कान्तारा। यसमा कान्तारा केजीएफ २ भन्दापछाडि र केजीएफ १ भन्दा चाहिँ अगाडि छ।

केजीएफ २ ले चाहिँ करिब एक हजार दुई सय करोड भारु कमाएको बताइन्छ।

कात्तिक १२, २०७९ शनिबार ०९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।