बेलायती प्रधानमन्त्रीले आफ्नो फ्ल्याट अगाडिको ढोकामा तिहारका लागि आफैँले बत्ती बालेको भिडियो भाइरल

बेलायती प्रधानमन्त्रीले आफ्नो फ्ल्याट अगाडिको ढोकामा तिहारका लागि आफैँले बत्ती बालेको भिडियो भाइरल

काठमाडौँ : फ्ल्याट १० डाउनिङ स्ट्रिटलाई नै प्रधानमन्त्रीको औपचारिक निवास बनाएका बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले हिन्दुहरूको पर्व तिहारमा आफ्नो घरको ढोका अगाडि बत्ती बालेको भिडियो भाइरल भएको छ।

बेलायतमा पहिलो पटक हिन्दु प्रधानमन्त्री भएका हुन्। उनले प्रधानमन्त्रीको सरकारी निवासको सट्टा डाउनिङ स्ट्रिटमा रहेको आफ्नो फ्ल्याटलाई नै प्रधानमन्त्रीको सरकारी निवासको रूपमा प्रयोग गर्ने भएका छन्।

दीपावलीको दिन उनी फ्ल्याटमा जाँदा घरको ढोका अगाडि हिन्दु संस्कार अनुसार जसरी तिहारमा बत्ती बालिन्छ त्यसरी नै उनी आफैँले बत्ती बालेर फ्ल्याट भित्र प्रवेश गरेका थिए।

सो भिडियो अहिले सामाजिक सञ्जालहरूमा तीव्र रूपमा फैलिइरहेको छ। सामान्य रूपमा आफ्नो लागी छाता समेत आफैँ नओढ्ने संस्कार भएका नेताहरू भएको नेपालका लागि उनको भिडियो रोचक हुने भयो नै।

कात्तिक १०, २०७९ बिहीबार २३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।