दाजुभाइ र दिदिबहिनी नहुनेहरूकाे भाइटीका (फाेटाेफिचर)

दाजुभाइ र दिदिबहिनी नहुनेहरूकाे भाइटीका (फाेटाेफिचर)

काठमाडौं : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड लागेको छ। विहानैदेखि भाइटीका लगाउने र लगाइदिनेको भीड लागेको हो।

दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वरलाई पूजा गरेर टीका लगाउने गर्छन्।

भाइटीकाका अवसरमा बिहीबार विहानैदेखि मन्दिर खोलिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न पाउने आउने क्रम जारी छ।

२०७२  वैशाख १२ गतेको भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो।

त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए। त्यसबेला छठमा भने मन्दिर खुला गर्ने गरिएको थिएन।

याे मन्दिर हरेक वर्ष भाइटीकाकाे दिनमा मात्र खुलाउने गरिन्छ।

कात्तिक १०, २०७९ बिहीबार १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।