'लाइगर' फिल्म खेल्नुअघि हिन्दी भाषालाई गिज्याउँथे विजय देवरकोण्डा
एजेन्सी: दक्षिण भारतीय फिल्मबाट 'लाइगर' हुँदै बलिउड प्रवेश गरेका कलाकार हुन् विजय देवरकोण्डा। भलै 'लाइगर' सुपर डुपर फ्लप फिल्म सावित भयो, उनको 'डियर कमरेड', 'अर्जुन रेड्डी', 'वर्ल्ड फेमस लभर', 'गीता गोविन्दम्' जस्ता फिल्मले यसअघि नै उनलाई पुग्दो नाम र दाम दिइसकेको थियो।
तर बलिउड यात्रा भने 'पहिलो गाँसमा ढुङ्गा' नै सावित भयो उनको लागि।
यसबीच एक बङ्गाली नायिका मलोविका बनर्जीले विजयमाथि एउटा आरोप लगाएका छन्। उनीहरू मिल्ने नै साथी हुन्। सँगै म्युजिक भिडियोमा समेत काम गरिसकेका छन्।
यद्यपि, एउटा घटनाले भने मलोविकालाई निकै स्तब्ध बनाएको रहेछ। घटना हो- विजयले हिन्दी भाषालाई गिज्याएको।
मलोविकाले भनिन्, 'जब ऊ र शुटिङमा थियौँ उनलाई हिन्दी बोल्न आउँदैन थियो। तर मलाई भने कामको दौरानमा हिन्दी नै बोल्न मन लाग्छ। त्यसैले विजयसँग हिन्दीमा बोल्न खोजेको थिएँ।'
मलोविकाका अनुसार यसपछि विजयले गिज्याएको शैलीमा हास्दै आफूले हिन्दी नबुझ्ने र हिब्रु भाषा जस्तै लाग्ने भने। मलोविकालाई थप हेप्दै उनले तेलुगुमा बोले।
'यसपछि मैले लाइगरको टिजर हेरेँ। हिन्दी भाषालाई गिज्याएपछि उनी हिन्दीमै फिल्म खेल्दै थिए। यति भनिरहँदा उनी मान्छे चाहिँ राम्रा र व्यावसायिक हुन्', उनले भनिन्।
कात्तिक १०, २०७९ बिहीबार ०९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।