समन्था रुथ प्रभुले बढाइन् पारिश्रमिक, अब ३ करोडसम्म बढि तिनुपर्ने

समन्था रुथ प्रभुले बढाइन् पारिश्रमिक, अब ३ करोडसम्म बढि तिनुपर्ने

एजेन्सी : फिल्म र निजी जीवनका विषयलाई लिएर चर्चामा आउने दक्षिण भारतीय नायिका समन्था रुथ प्रभु पारिश्रमिकका कारण चर्चामा आएकी छन्।

पछिल्लो समय उनी पारिश्रमिक बढाएको विषयलाई लिएर चर्चामा आएकी छन्। न्यूज १८ को रिपोर्टअनुसार उनले एउटा फिल्मको लागि लिने रकम तीन करोडसम्म बढाएकी हुन्।

यसअघि ३ देखि ५ करोड रूपैयाँ लिँदै आएकी उनले अब ३ देखि ८ करोड रूपैयाँसम्म लिन थालेकी हुन्। न्यूज १८ को यो रिपोर्टको अहिले मुम्बईदेखि दक्षिण भारतीय फिल्ममा समेत चर्चा कमाइरहेको छ।

समन्था ‘यशोदा’, ‘शकुन्तलम्’, ‘कुशी’, ‘प्रेम की व्यवस्था’ जस्ता फिल्ममा देखिँदैछिन्। गत वर्षमात्रै उनले दक्षिण भारतीय नायक नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन्। त्यो समयमा पनि उनको एकदमै चर्चा भएको थियो।

कात्तिक ९, २०७९ बुधबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।