बुटवलमा माला अभाव, ट्रकबाटै खोसाखोस (तस्बिरहरू)

बुटवलमा माला अभाव, ट्रकबाटै खोसाखोस (तस्बिरहरू)

बुटवल : बुटवलमा भाइटीकाका अत्यावश्यक माला अभाव भएको छ।

पुष्प व्यवसायीहरूले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर भएको बताए पनि भाइटीकाको अघिल्लो दिन ट्राफिक चाेकमा देखिएकाे दृश्यले व्यवसायीकाे त्याे दावीलाई गिज्याइरहेकाे थियाे।

माला पाइनै सकस भएको पाइए पनि व्यापारीले मनलाग्दी मूल्यमा बिक्री गरेको सर्वसाधारण बताउँछन्।

ट्राफिक चोकमा माला खरिद गर्न योगिकुटीबाट आएकी मनिषा अर्यालले खुद्रा व्यापारीले प्रति मालाको १ सय प्रतिशत बढि नाफा खाएर बिक्रि गर्ने गरेको गुनासो गरिन्।

माला अभाव हुँदा माला ढुवानी भइरहेको ट्रकमासमेत ठेलमठेल भीड लागेको थियो। प्रति गोटा माला अहिले बजारमा २ सयदेखि ३ सय रूपैयाँसम्ममा बिक्री भइरहेको छ।

व्यापारी पिच्छेका मूल्यले सर्वसाधारण हैरान भइरहँदा बजारमा भइहरको अनियन्त्रित मूल्यवृद्धि नियन्त्रण गर्न र अनुगमन गर्ने सरोकारवाला निकायले चासो देखाएको छैन।

हरेक वर्ष चाडपर्वमा व्यापारीहरूले मूल्यवृद्धि गरिरहँदा नियमन निकाय रमिते मात्र बनेको छ।

कात्तिक ९, २०७९ बुधबार १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।