भारतीय नाेटमा लक्ष्मी र गणेशको फोटो राख्न केजरीवालकाे प्रस्ताव

भारतीय नाेटमा लक्ष्मी र गणेशको फोटो राख्न केजरीवालकाे प्रस्ताव
तस्बिर– द इण्डियन एक्सप्रेस

एजेन्सी : भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले देशको मुद्रा भारतीय रूपैयाँमा हिन्दुहरूका देवी-देवता लक्ष्मी र गणेशको फोटो राख्नु पर्ने बताएका छन्।

बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वजनिक रूपमा सम्बोधन गर्दै आम आद्मी पार्टीका प्रमुखसमेत रहेका केजरीवालले भारतीय रूपैयाँका नयाँ नोटमा एकातिर महात्मा गान्धी तथा अर्कातिर लक्ष्मी र गणेशको फोटो राख्नुपर्ने बताएका हुन्।

अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ कमजोर हुँदै गइरहेको सन्दर्भमा मजबुद् बनाउनका लागि पनि भगवानको शक्ति चाहिने उनले बताए। कहिलेकाहीँ मान्छेले गरेका प्रयासहरूमा देवी र भगवानको आशिर्वाद नहुँदा फलदायी हुनसक्ने भन्दै केजरीवालले रूपैयाँमा हिन्दु देवी देवताको तस्बिर राख्न प्रस्ताव गरेका हुन्।

इन्डोनेसिया मुस्लिमबहुल मुलुक भए पनि त्यहाँको मुद्रामा गणेशको तस्बिर राखिएको उल्लेख गर्दै केजरीवालले भनेका छन्- 'इन्डोनेसियाले त्यो काम गर्न सक्छ भने हामी किन सक्दैनौं? नयाँ नोटमा देवी देवताको फोटो छाप्न सकिन्छ।'

कात्तिक ९, २०७९ बुधबार १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।