फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी : उत्तरी फिलिपिन्समा मंगलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको छ।

फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार स्थानीय समयानुसार मंगलबार राति २२ः५९ बजे त्यहाँ भूकम्प गएकाे हाे।

भूकम्पकाे केन्द्रविन्दु अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा छ। भूकम्प विज्ञान संस्थानले पराकम्पन आउने तर क्षति नपुग्ने बताएको छ।

सुनामीको चेतावनी अहिलेसम्म जारी गरिएको छैन। भूकम्पको धक्का इलोकोस सुर प्रान्त र बागुइओ सहरलगायत आसपासका क्षेत्रमा पनि महसुस भएको सो संस्थानले जनाएको छ।

फिलिपिन्समा प्रशान्त महासागरको 'रिंग अफ फायर'सँगको स्थानको कारणले बारम्बार भूकम्पीय गतिविधि हुने गरेको पाइन्छ।

कात्तिक ९, २०७९ बुधबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।