ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त

ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त

एजेन्सी : ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त भएका छन्। बेलायतका राजा चार्ल्स उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

बकिङ्घम दरबारमा राजा चार्ल्सलाई भेटेपछि उनी औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री बनेका हुन्।

भारतीय मूलका ऋषि हिन्दु हुन्। लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले प्रधानमन्त्रीका लागि उनको नाम चयन गरेको थियो।

उनी पूर्व अर्थमन्त्री हुन्। सुनक यो वर्ष सुरुमा सन्डे टाईम्सले निकाल्ने बेलायतका सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा नाम समावेश हुने प्रमुख नेता बनेका थिए।

कात्तिक ८, २०७९ मंगलबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।