दुई सय वर्षयताकै सबैभन्दा कान्छा प्रधानमन्त्री बन्दै ऋषि सुनक

दुई सय वर्षयताकै सबैभन्दा कान्छा प्रधानमन्त्री बन्दै ऋषि सुनक

एजेन्सी: भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने तय भएको छ। ऋषिले बकिङ्घम दरबारमा राजा चार्ल्सलाई भेटेपछि बेलायतको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नेछन्।

यसबीच एउटा अनौठो तथ्य सार्वजनिक भएको छ। ऋषि अब दुई सय वर्षयताको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री बन्नेछन्।

ऋषि ४२ वर्षा छन्। यसअघि सन् १८१२ मा ४२ वर्षकै अर्ल अफ लिभरपुल रोबर्ट ब्याङ्क्स जेन्किन्सन बेलायतको प्रधानमन्त्री भएका थिए। र त्यसयता सन् २०१० मा ४३ वर्षको उमेरमा बेलायतको प्रधानमन्त्री निर्वाचित डेभिड क्यामरुनले यो कीर्तिमान बोकेका थिए।

यस्तै सन् १९९७ देखि २००७ सम्म बेलायतका प्रधानमन्त्री भएका टोनी ब्लेर पनि ४३ वर्षको उमेरमा प्रधानमन्त्री नियुक्त भएका थिए। तर उनी क्यामरुनभन्दा केही महिना जेठा थिए।

बेलायतको समग्र इतिहासमा हेर्ने हो भने चाहिँ विलियम पिट द योङ्गर सबैभन्दा कान्छा प्रधानमन्त्री हुन्। सन् १७८३ मा प्रधानमन्त्री नियुक्त भएका विलियम त्यसबेला २४ वर्षका थिए।

बेलायतको प्रधानमन्त्री निर्वाचित ऋषिलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाई दिइसकेका छन्।

कात्तिक ८, २०७९ मंगलबार ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।