अमेरिका पुगेर भुवनले गरे नयाँ चलचित्रको घोषणा, नाम र नायिका खुलाएनन्
पेन्सिलभेनिया : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अनमोल केसी र नयाँ नायिका लिएर फिल्म बनाउने घोषणा गरेका छन्।
तिहारमा अमेरिकाको पेन्सिलभेनिया पुगेका उनले नयाँ नायिका र फिल्मको नाम भने खुलाएनन्।
‘अब नेपाल गए पछि अनमोल केसी र नयाँ नायिका अनुबन्धन गरेर चलचित्र बनाउँदै छु’ उनले भने।
कार्यक्रममा उनले लामो समय नेपाली चलचित्र क्षेत्रमा काम गरेको र आफ्नै पहिचान बनाए पनि अहिले भने आफू अनमोल केसीको बाबु भनेर चिनिने गरेको र यसमा आफूलाई खुसी लाग्ने गरेको बताए।
नेपाली साङ्गीतिक क्षेत्रको कालजयी गीत कुसुमले रुमाल …. गुनगुनाउँदै मन्तव्य सुरु गरेका केसीले यस पटक छोटो तयारीमा पेन्सिलभेनिया आएको तर अर्को पटक समय लिएर आउने बताए।
'तपाईँहरू सबैले मेरो फिल्म हेर्नु भएकै होला। केटाकेटी बाहेक, पहिला मलाई नायक भुवन केसी भनेर चिन्दथे आजकाल अनमोल केसीको बाउ भनेर चिन्छन्’ उनले भने।
कात्तिक ७, २०७९ सोमबार १७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।