हरिबहादुरको शव फेला पारेको पप्पी यो वर्षको उत्कृष्ट अनुसन्धानकर्ता

हरिबहादुरको शव फेला पारेको पप्पी यो वर्षको उत्कृष्ट अनुसन्धानकर्ता

काठमाडौं : २०७८ चैतमा काठमाडौँको शंकरापुर नगरपालिका-७ मा हराएका हरिबहादुर श्रेष्ठको शव पत्ता लगाएको पप्पी यस वर्षको उत्कृष्ट अनुसन्धानबाट पुरस्कृत भएको छ।

नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्ने जर्मन सेफर्ड जातको यो कुकुर ट्रयाकर हो। यसले
चैत २९ मा घरबाट हराएका हरिबहादुरको कपडा सुँघाएर छाड्दा शालिनदी किनारमा ढुङ्गामा रगत भएको ठाउँसम्म पुगेको थियो।

त्यसैको आधारमा प्रहरीले उनको शव फेला पारेको थियो। नेपाल प्रहरीको केनाइन महाशाखाले हरेक वर्ष कुकुर तिहारको दिन उत्कृष्ट कुकुरलाई पुरस्कृत गर्ने गरेको छ।

‘पप्पी’लाई केनाइन महाशाखाकी एसएसपी डा.देउती गुरुङले मेडल र पुरस्कार प्रदान गरेकी थिइन्।
बाधा पारतर्फ बेल्जियन सेफर्ड जातको रोज प्रथम भयो। हाईजम्पतर्फ बेल्जियन सेफर्ड रिया र दौडमा रुरु उत्कृष्ट भएको केनाइन महाशाखाले जनाएको छ।

कात्तिक ७, २०७९ सोमबार १३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।