‘बोलेको मूल्य चुकाउन तयार’ अभियानमा १ लाख ७६ हजार ३९० रुपैयाँ जम्मा
काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंहलाई २ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएसँगै सुरु भएको ‘बोलेको मूल्य चुकाउन तयार’ अभियानमा १ लाख ७६ हजार ३९० रुपैयाँ जम्मा भएको छ।
कमेडियनहरूले सुरु गरेको अभियानबाट उठेको रकमलाई मुद्दामा वकिलको फि र बैठकहरूमा प्रयोग गर्ने कमेडियन सिंहले जानकारी दिएका छन्। रकम अपूर्वको बुवाको खातामा जम्मा गरिएको थियो। अपूर्वले सबैलाई सहयोगका लागि धन्यवाद दिएका छन्।
नेवार समुदायलाई होच्याएको र साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा उनीमाथि चार वर्ष कैदको समाज तोकेर मुद्दा दर्ता गरिएको थियो। अदालतमा पेश गरिएको मुद्दाको गत बिहीबार थुनछेक बहस भएको थियो। बहसपछि न्यायाधीशले उनलाई साढे दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए।
कात्तिक ६, २०७९ आइतबार २१:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।