शक्तिशाली सी चिनफिङ: तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चुनिए

शक्तिशाली सी चिनफिङ: तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चुनिए

एजेन्सी: चिनियाँ राष्ट्रपति सी चिनफिङ शक्तिशाली नेताको रूपमा उदाएका छन्। माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयताकै प्रभावशाली नेता बन्दै उनी तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति चयन भएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनफिङ महासचिवमा निर्वाचित भएका हुन्। उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो।

उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो। एक हप्ता लामो बैठकपछि पाँच वर्षमा भएको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।

सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन्। सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन।

कात्तिक ६, २०७९ आइतबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।