‘केटी को’ गीतमा ढाका टोपी ढल्काएर नाचे अमिताभ, अनुपम बमन र डेनी (भिडियो)

‘केटी को’ गीतमा ढाका टोपी ढल्काएर नाचे अमिताभ, अनुपम बमन र डेनी (भिडियो)

काठमाडौं : नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ‘केटी को’ बोलको गीत सार्वजनिक भएको छ।

अमित त्रिवेदीको संगीत र इर्साद कमिलको शब्द रहेको गीतमा नकाज अजिजले स्वर दिएका छन्। गीतको भिडियोमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डी र बमन इरानी देखिएका छन्।

गीतको भिडियोमा चारैजना बलिउड स्टार नेपाली ढाका टोपी ढल्काएर नाचेका छन्।

गीतको सुरुमै ड्यानी डिले भन्छन्, ‘एकपटक तिमीहरू तीनजनासँग म आफ्नो बाल्यकाल फेरि जिउनु छ, जसरी पनि एकपटक एभरेष्टसम्म जानु छ।’

नेपालको सोलुखुम्बु र मुस्ताङमा करिब एक महिनाभन्दा लामो समय छायांकन भएको फिल्म यी चारका अलावा परिनीति चोपडा, नीना गुप्ता लगायतका कलाकारहरूको मुख्य भूमिका छ।

कात्तिक ५, २०७९ शनिबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।