फिल्म २ नम्बरी टिम प्रोजेक्टर बोकेर पुग्यो ल्वाङ गाउँ, रमाए स्थानीय

फिल्म २ नम्बरी टिम प्रोजेक्टर बोकेर पुग्यो ल्वाङ गाउँ, रमाए स्थानीय

काठमाडौँ : कास्कीको ल्वाङ गाउँका स्थानीयले प्रोजेक्टरमा फिल्म २  नम्बरी हेरेका छन्। सो फिल्म कास्कीको ल्वाङमा खिचिएको भए पनि हल नहुँदा स्थानीयले फिल्म हेर्न पाएका थिएनन्।

फिल्म देखाउन निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ गएका थिए। असोजको २१ मा रिलिज फिल्म लामाले बनाएको अहिलेसम्मको कमजोर फिल्मको रूपमा हेरिए पनि हलमा भने राम्रो व्यापार गरेको थियो।

उनीहरूले प्रोजेक्टरमा फिल्म देखाउँदा ल्वाङ गाउँका २ सय भन्दा बढी स्थानीय सहभागी थिए। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङले अभिनय गरेका छन्।

कात्तिक ४, २०७९ शुक्रबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।