एक सय बालबालिकाको मृत्युपछि इन्डोनेसियामा झोल औषधि बिक्रीमा प्रतिबन्ध लगाइयो

एक सय बालबालिकाको मृत्युपछि इन्डोनेसियामा झोल औषधि बिक्रीमा प्रतिबन्ध लगाइयो

एजेन्सी : कफ सिरपको प्रयोगका कारण १ सय बालबालिकाको मृत्युपछि इन्डोनेसिया सरकारले सबै कफ सिरप र झोल औषधि बिक्रिमा प्रतिबन्ध लगाएको छ।

त्यहाँको सरकारले केही सिरपमा पाइएको तत्वले सिधै मिर्गौलामा असर गर्ने देखिएको जनाएको छ। प्रयोग गरिएको औषधि स्थानीय उत्पादन थियो कि विदेशबाट आयात गरिएको थियो भन्नेबारे अहिलेसम्म खुलासा नभएको बीबीसीले जनाएको छ।

बुधबार मात्र त्यहाँका स्थानीय अस्पतालमा एक्युट किड्नी इन्जुरी अर्थात एकेआईका लगभग २ सयभन्दा धेरै बालबालिका भर्ना भएका थिए। जसमा अधिकांश पाँच वर्ष मुनिका थिए।

केही दिनअघि गाम्बियामा खोकीको औषधिको प्रयोगले ७० जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले चार कफ सिरपमाथि विश्वव्यापी अलर्ट जारी गरेको थियो।
विश्व स्वास्थ्य संगठनले त्यहाँ प्रयोग भएका सम्पूर्ण औषधि भारतमा बनेको बताएको थियो।

कात्तिक ३, २०७९ बिहीबार २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।